पेरिसमा सबै नेपालीहरु सुरक्षितः एनआरएनए फ्रान्स
loading...

स्पेन/। शुक्रबार राति पेरिसमा भएको आतंककारी आक्रमणपछि त्यहाँ स्थित नेपालीहरुलाई सम्पर्क गर्दा अहिलेसम्म कोहि हताहत नभएको संघले जनाएको हो ।
संघका अध्यक्ष भक्त बाग्लेद्वारा बिज्ञप्तिमा भनिएको छ, एनआरएनले बिभिन्न स्थानमा बसोबास गर्ने नेपालीहरु लगायत पेरिसस्थित नेपाली राजदूताबासमा सम्पर्क गर्दा कुनै नेपालीहरु हताहत नभएको जानाकारी प्राप्त छ ।’

तर, स्थिति जटिल भएकोले बाहिर हिँडडुल गर्दा सतर्कता अपनाउन, आफ्नो परिचय पत्र  बोकेर मात्र बाहिर निस्कन एवं फ्रान्स सरकारले घोषणा गरेका सूचनालाई अनुसरण गर्न अनुरोध गरेको छ ।

पेरिसमा श्रृखंलाबद्ध गोली प्रहार, बम विष्फोट र बन्धक बनाइएका हमलामा परी कम्तीमा १ सय २८ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् ।


गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फ्रान्सले पेरिसमा रहेका सम्पूर्ण नेपालीहरु सुरक्षित रहेको जनाएको छ ।

Don't Forget To Join US Our Community

pupup