लहान तनावग्रस्त, प्रहरीद्धारा सात राउण्ड हवाईफायर
loading...

आन्दोलनरत संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबिच सोमवार सिरहाको लहानमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड हवाईफायर गरेको छ ।

झडपमा संयुक्त संघर्ष समितिका संयोजक कृष्ण बहादुर यादवसहित आधा दर्जन आन्दोलनकारी घाइते भएका छन् । अधिकांश घाइतेको टाउकोमा चोट लागेको छ । झडपपछि लहान क्षेत्र दिनभर तनावग्रस्त रहयो ।

इलाका प्रहरी लहानका डिएसपी राम केसीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत लहानको मुख्य चौंकमा टायर बालेर प्रदर्शनमा उत्रेका प्रदर्शनकारीले प्रहरीलाई लक्षितगरी ढुंगा हान्न थालेपछि  मध्यान्ह झडप भएको थियो । स्थिती नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड हवाई फायर गरिएको डिएसपी केसीले जानकारी दिए । उता, आन्दोलनकारीले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको दावी गरेको छ ।

झडप पछि अन्दोलनकारीले लहानका विभिन्न स्थानमा दिनभर प्रदर्शन गरे । प्रदर्शनकारी र प्रहरीबिच सोमबार साझ लहानस्थित दुई नम्वर सडकमा झडप भएको छ । सो क्रममा प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । तनाव जारी छ । 

Don't Forget To Join US Our Community

pupup