छोरी जन्मेपछि जुकरवर्गले २ महिना बिदा लिने
loading...

विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गले आफ्नी छोरी जन्मेपछि २ महिना लामो बिदा लिने घोषणा गरेका छन्। जुकरवर्गले आफ्नो टाइमलाइनबाट शनिबार यस्तो घोषणा गरेका हुन्।

यसलाई उनले एकदमै व्यक्तिगत निर्णय भनेका छन्। फेसबुकले आफ्ना अमेरिकी कर्मचारीहरूलाई ४ महिनासम्मको तलबी अभिभावकीय बिदा दिने गर्छ। जुन बच्चा जन्मेलगत्तै लगातार वा एक वर्षभित्रमा लिन मिल्छ।

जुकरवर्गले गर्भवती पत्नी प्रिसचिला चान र आफूले छोरी शिशुको प्रतीक्षा गरिरहेको गत जुलाईमा उल्लेख गरेका थिए। उनले बिदाका बेला कसले आफ्नो काम सम्हाल्ने भन्ने उल्लेख गरेका छैनन्।

Don't Forget To Join US Our Community

pupup