पेरिस हमलामा तीन समूह संलग्न, अातंककारीको पैसा स्राेत खाेज्दै प्रहरी
loading...

पेरिस— विश्वयुद्ध पछि फ्रान्समा भएको सबैभन्दा भीषण हमलामा तीन समूह सामेल रहेको सुरक्षा अधिकारीले निष्कर्ष निकालेका छन्। आतंककारी सो हमलामा मर्नेहरुको संख्या १२९ पुगेको छ।
प्रहरीका अनुसार घटनामा ७ जना आतंककारी पनि मारिएका छन्। मारिने आक्रमणकारीले विस्फोटक पदार्थको बेल्ट लगाएको थिए।

प्रहरीका अनुसार ३५० भन्दा बढी घाइते छन्। ती मध्ये १०० को अवस्था गम्भीर रहेको छ।

पेरिस प्रहरी प्रमुख फ्राँस्वा मोलाङ्गले आतंकवादीहरु कताबाट आएका थिए र यो कार्यका लागि उनीहरुलाई कहाँबाट पैसा प्राप्त गरेका छन् पत्ता लगाउने बताए।

प्रहरीका अनुसार प्रहरी कारवाहीमा मारिने एक जना आक्रमणकारी फ्रान्सका ३० वर्षीय नागरिक हुन्। उनको पृष्ठभूमिको खोजी भइरहेको मोलाङ्गले जनाएका छन्।

आक्रमणकारीले कन्सर्ट हल, रंगशाला तथा रेष्टुराँमा एकै पटक आक्रमण गरेका थिए। प्रहरीका अनुसार पेरिस आक्रमणसँग सम्बन्धित तीन जनालाई बेल्जियमबाट पक्राउ गरिएको छ।

बेल्जियमका प्रधानमन्त्री चाल्र्स माइकलले पक्राउमध्ये एक जना शुक्रबार साँझ पेरिसमै थिए। पेरिस प्रहरी प्रमुख मोलाङ्गका अनुसार प्रहरीको सम्पूर्ण ध्यान दुई गाडीको अनुसन्धान गर्न केन्द्रित भइरहेको छ। प्रहरीले कन्सर्ट हल नजिकै एउटा गाडी बरामद गरेको छ। त्यसमो बेल्जियमको नम्बर प्लेट रहेको छ। यो गाडी बेल्जियम रहेका एक फ्रान्सेली नागरिकसँग थिययो। अरु दुई स्थानमा आक्रमणका लागि प्रयोग गरिएको अर्को एउटा गाडी प्रहरीले खोजी गरिरहेको छ।
तीन दिन राष्ट्रिय शोक

आक्रमणपछि स्तब्ध बनेको फ्रान्स सरकारले तीन दिन राष्ट्रिय शोक बनाउने निर्णय गरेको छ। शोकको संकेतस्वरुप विश्व प्रख्यात इफेल टावरलाई अँध्यारो पारिएको छ। घटना घाइते भएकाहरुलाई रगत अभाव हुन नदिन पेरिसबासी घन्टौं लाइन बसेर रक्तदान गरिरहेका छन्।

पेरिसको सुरक्षा अझ बलियो पार्न थप सेना तथा प्रहरी परिचालन गरिएको छ।

Don't Forget To Join US Our Community

pupup