जलवायु सम्मेलनको पूर्वसन्ध्यामा पेरिसमा जुत्ता प्रदर्शन !
loading...

ओबामादेखि सी जिनपिङसम्म फ्रान्सको राजधानीमा भेला हुँदै
शृंखलावद्ध आतंककारी हमला भएको दुर्इसातामै पेरिसमा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनको बीसौं शृंखला (कोप- २०) सोमबारदेखि शुरु हुँदैछ । सुरक्षाको दृष्टिले अत्यन्त संबेदनशील अवस्थामा रहेको पेरिसमा आयोजित यो सम्मेलनले विश्वको तापमान वृद्धिलाई सन् २१०० सम्म दुर्इ डिग्रीमा झार्ने लक्ष्य राखेको छ ।
सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति बाराक ओबामा र चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि पेरिस आउँदैछन् । ११५ देशका राष्ट्रहरुले भाग लिने यो सम्मेलनमा ४० देशका राष्ट्र प्रमुखहरु आफैं आउने योजनामा छन् ।
आजै साँझ आ-आफ्ना देशका तर्फबाट कार्बन उत्सर्जन न्यूनीकरणका लागि आ-आफ्नो देशले गर्नैपर्ने बाध्यात्मककारी भूमिका सम्बन्धी विषय समेटिएको एक अन्तराष्ट्रिय सझौतामा हस्ताक्षर हुँदैछ। यो सम्झौतामा फ्रान्स, ब्राजिल, चीनलगायत विश्वका अरु उदयमान मुलुकहरुलेसमेत हस्ताक्षर गर्दैछन् ।
फूल हट्यो, जुत्ता राखेर विरोध प्रदर्शन

सम्मेलनको पूर्वसन्ध्यामा अष्ट्रेलिया जाकार्ता फ्रान्सलगायत विभिन्न देशहरुमा ठूलाठूला प्रदर्शनहरु भैसकेका छन् ।
कार्बन उत्सर्जन घटाउनका लागि पेरिसमा गरिने भनिएको बिशाल अन्तराष्ट्रिय जुलुस प्रदर्शन भने सुरक्षाका कारण रद्द गरिएको छ । बरु सट्टामा सडकमा जताजतै सेना र प्रहरीहरु देखिन थालेका छन् ।
पेरिसबासीले विरोध प्रदर्शन गर्न नपाएपछि पेरिसको प्लास द ला रिपब्लिक भन्ने ठाउँमा जुत्तै जुत्ता लगेर राख्न थालिएको छ । नाराजुलुस गर्न नपाए पनि प्रतिकात्मक विरोधस्वरुप जुत्ताराख्न थालिएको हो ।
अहिलेसम्म हजारौँ हजार जोर  जुत्ताहरु राखिसकिएको छ । र, राख्ने क्रम अझै जारी छ । यो ठाउँ त्यही हो, जहाँ आतंककारी हमलापछि मृतकहरुको सम्झनामा फूल चढाइएको थियो । अहिले फूल हटाइएको छ । र, जुत्तै जुत्ताले भरिएको छ  ।
फ्रान्सको कानूनअनुसार संकटकाल अवधिमा पर्यवरणीय बचाउ आन्दोलनमा सहभागी हुनेहरुलाई समेत प्रकाउ या नजरबन्द गर्न सकिन्छ । सरकारको यो कदमको मानव अधिकारवादीहरुले खुलेर बिरोध गरे पनि यसले कुनै असर पारेको छैन ।
सडकहरुमा नारा जुलुस लगाउन पूर्ण प्रतिबन्ध लगाइएको छ ।
सुरक्षा अति कडा, रासायनिक सामानको बेचबिखनमा रोक
आइतबार र सोमबार पेरिसका आसपासमा ट्रक, लरीलगायतका गहौँ सवारीहरु चल्न पूर्ण निषेध गरिएको छ भने पेरिस जोड्ने तीन मुख्य राष्ट्रिय राजमार्गहरुमा ब्यक्तिगत सवारीहरु समेत चल्न निषेध गरिएको छ । सरकारले ब्यक्तिगत सवारी साधनको सट्टा सार्वजनिक सवारी साधानहरु प्रयोग गर्न सबैलाई आह्वान गरेको छ ।

सम्मेलन सफलताका लागि सम्मेलन हल आसपासमा झन्डै तीन हजार पुलिस संयुक्त राष्ट्रसंघका सुरक्षागार्डहरु परिचालन गरिएको छ । पेरिस आसपासका तीनवटा विमानस्थल एवं पेरिसका मुख्य पर्यटकीय स्थलहरुमा ६ हजार तीन सयभन्दा बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । योबाहेक निजीस्तरबाट समेत सिभिल पोसाकमा रहेर काम गर्ने गरी हजारौंको संख्यामा सुरक्षा परिचालन गरिएको छ ।
पेरिस आसपासका तीन एयरपोर्टहरुमा पनि सुरक्षा ब्यवस्था अत्यन्त कडा पारिएको छ । मानिसहरुका झोला खोतल्ने कामलाई तिब्र बनाइएको छ । र, मानिसहरुलाई सकेसम्म घरबाट ननिस्कन भनिएको छ ।
युरोपियन युनियनको संसद भवन रहेको शहर स्ट्रासबुर्गमा मात्रै १५ हजार सेना यो शहर नजिकको सीमाक्षेत्रमा निगरानीका लागि खटिएका छन् ।
यतिमात्र नभर्इ पसलहरुबाट प्रज्वलनशील पदार्थ तथा आगोको सम्पर्कमा आउँदा दुर्घटना निम्तिन सक्ने रासायनिक सामानहरुको बेचबिखन तथा वितरणमा पूर्णतया रोक लगाइएको छ ।
सुरक्षा ब्यवस्थाको अत्यन्त कडाइका कारण आवागमनमा कठिनाइ हुने देखेर कयौँ कार्यालयहरुले कर्मचारीहरुलाई जबरजस्त बिदा लिन निर्देशन दिएका छन् भने कतिपय कर्मचारीहरु काममा जान नसक्ने अवस्था छन् ।
फ्रान्सका गृहमन्त्री बेनार्ड काजानोभले देशलाई जोखिमबाट बचाउनका लागि सार्वजनिक सुरक्षामा कडाइ गरिएको बताएका छन् ।
तिबेला फ्रान्सका राष्ट्रपतिले कुटनीति भेटघाटलाई तिब्र बनाएका छन् । बितेको हप्ता उनले अमेरिकी राष्ट्रपति बाराक ओबामा, रसियन राष्ट्रपति भ्लादिमिर पुटिन , बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन र जर्मनकी चान्सलर एन्जेला मार्कलसँग भेटघाट गरे ।
सिरियामा रहेका भनिएका आतंककारी समूह इस्लामिक स्टेट बिरुद्दको आक्रमणलाई तिब्र पार्ने उद्देश्यले नैतिक र भौतिक सहयोग माग्नका लागि राष्ट्रपतिले कुटनीतिक भेटघाट तिब्र पारेका हुन् ।
सुरक्षा लिष्टमा १८ सयको नाम
पेरिसमा आतंकवादी आक्रमणपछि फ्रान्समा तीन महिने संकटकाल लागेको छ । यो अवधिमा १ हजार ८ सयभन्दा बढी मानिसहरुलाई पक्राउ पूर्जी जारी गरिएको छ भने दुर्इ सय ५३ मानिसहरुलाई प्रकाउ गरिएको छ । योबाहेक २४ जनालाई केही दिनको नजरबन्दमा राखिएको छ । यी नजरबन्दमा पर्नेहरु अक्सर बातावरण जोगाउ आन्दोलनमा सक्रिय ब्यक्तिहरु रहेका छन् ।
योबाहेक फ्रान्सेली राज्यको सुरक्षालाई खतरामा पुर्याउनेहरुको संख्या यतिबेला ४ लाख रहेको छ । जुन फ्रान्सेली सरकारको सुरक्षा लिष्ट फिस एस ‘fiche S’ मा सूचीकृत छन् । यो लिष्टमा संगठित अपराधीहरु, जेलबाट भागेका मानिसहरु, अराजकहरु , अदालतले फ्रान्समा छिर्न या बस्न निषेध गरेकाहरु,कतिपय राजनीतिन संगठनका सदस्यहरु र इनर्जी न्यूक्लेयरका बिरोधीहरु समेत छन् ।
बहसमा वैकल्पिक उर्जा
फ्रान्सेली वातावरणविदहरुले देशलाई युद्दमा होम्नु भन्दा त्यसका लागि भइरहेको खर्च बैकल्पिक उर्जाको अनुसन्धान र अध्ययनका लागि खर्चनुपर्नेमा जोड दिँदै आएका छन् ।
तर, फ्रान्सको सरकारले बैकल्पिक उर्जा उत्पादनमा महगोँ पर्ने भएको बताउँदै आणबिक उर्जा प्रयोगलाई प्राथमिकता दिँदै आएको छ । फ्रान्समा वितरण भएको उर्जाको ८० प्रतिशतभन्दा बढी बिद्युत आणविक भट्टीबाट उत्पादन हुन्छ ।

Don't Forget To Join US Our Community

pupup