नचाहँदा नचाहँदै गर्भ रहदा, १९ हजारमा गर्भपतन
loading...

काठमाडौं । दुई सन्तानमा चित्त बुझाएका इलामका एक दम्पतीलाई अर्को सन्तानको रहर थिएन । तर, भइदियो उल्टो १ नचाहँदा नचाहँदै गर्भ रहेपछि पतिपत्नीबीच सहमति भयो सुरक्षित गर्भपतन गराउने । त्यसनिम्ति उनीहरुले भरपर्दो ठाउँ रोजे, इलाम अस्पताल । जहाँ उनीहरु दुई महिनामा लगातार चारपल्ट धाउनुपर्‍यो । त्यसबीच उनीहरुले झेलेको आर्थिक र मानसिक पीडा अत्यासलाग्दो छ।
अस्पतालको मातृशिशु स्वास्थ्य क्लिपनकमा एक हजार रुपैयाँ तिरेपछि गर्भपतन गरिन्छ । त्यो दम्पती पनि सस्तोमा भरपर्दो सेवा लिन जेठमा क्लिनिकमा पुग्यो, जहाँ सरकारी नर्सको ड्युटी हुन्छ । दुई महिनाको गर्भ बोकेकी महिलालाई स्वास्थ्य परीक्षण गर्नासाथै नर्सले भनिदिए, ‘बच्चा ठूलो छ, पैसा धेरै लाग्छ,’।
गर्भपतनको निष्कर्षमा पुगेका दम्पतीले बढ्दो बच्चा पेटमा राखेर घर फर्किने सोचेनन् । सरकारी नर्सको सल्लाहबमोजिम उनीहरुले तोकेकै रकम बुझाए । नर्सहरुले ‘एक हजार इन्ट्री फी’ र ‘१८ हजार औषधि’को भनेर १९ हजार रुपैयाँ बुझे । गर्भपतन गराउने औषधि ‘दार्जिलिङबाट ल्याएकाले महँगो पर्ने,’ नर्सको भनाई थियो । समस्यामा परेका दम्पतीले ऋण काढेर पैसा बुझाए । औषधि लिएर फर्के । आजको नागरिक दैनिकमा खबर छापेको छ ।

Don't Forget To Join US Our Community

pupup